मनोरञ्जनसमाचार

आज महाशिवरात्रि, देशका शिवालयमा भक्तजनको भीड

Spread the love

ऋषिराम रानाभाट,
लेखनाथ ९ फागुन ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ । आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।
यसैबीच, पोखरा ३१ बेगनासतालमा रहेको जलेश्वर शिव मन्दिरमा आज विहान ८ बजे देखि श्रदाजु भक्तजनहरुको घुइचो लागेको छ। जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिको आयोजना, वेगनासताल महिला समूह, वेगनास युवा क्लब, वेगनासताल टोल विकास संस्था लगाएतका स्थानिय सामाजिक संघ संस्थाहरुको सहयोगमा अखण्ड किर्तन, व्रतबन्ध , रुद्री लगाएतका धार्मिक कार्यहरु भइरहेको जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राम मणी अधिकारीले जानकारी दिए । यसै गरी आज दिनै भरी भजन किर्तन गरी भोली विहान ८ बजे सम्म महाशिव रात्री पर्व मनाइने र भरे लाखबत्ती बाल्ने व्यवस्था पनि गरिएको उक्त शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीले बताए।
यसै विच पोखरा महानगरपालिका वडा नं.२९ मोहोरीयामा रहेको शिव मन्दिर, शिशुवा डुडाको मुख, शिशुवा चोक, पोखरा २८ माझठानामा अन्तर्गतका विभिन्न शिवालय मन्दिरमा दुधअर्पण तथा जलार्पण गर्न विहानै देखि भक्तजनहरुको भिड लागेको स्थानियले गाउँले मिडियालाई जानकारी दिएका छन् ।

Related Articles

Close