मनोरञ्जनसमाचार

विराट ज्ञानमहायज्ञका विभिन्न उपसमितिका बैठक सम्पन्न

Spread the love

लेखनाथ, १३ मंसिर ।
राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा पोखरा ३१ वेगनासतालको मन्धरेपार्कमा यही मंसिर २२देखि२९सम्म हुने श्रीमद् भागवत विराट ज्ञान महायज्ञलाइ सफल बनाउन विभिन्न उपसमितिका बैठकहरु सम्पन्न भएका छन् । विहिवार अतिथि स्वागत तथा सत्कार व्यवस्थापन उपसमितिको सम्पन्न भएको छ । संयोजक तिर्थ बरुवालको अध्यक्षतामा सम्पन्न भएको बैठकले उपसमितिमा रहेका सदस्यहरुलाइ कार्य विभाजन गरी थप जिम्मेवारी प्रदान गरिएको छ ।

महायज्ञ अवधिभर अतिथिहरुलाइ स्वागतका साथ सम्मान गर्ने र महायज्ञलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबै सदस्यहरुले आफ्नो जिम्मेवार वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको संयोजक वरुवालले जानकारी दिइन् । यसै गरी माला व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ । संयोजक सिता सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकलले महायज्ञ अवधिभर मालाको उचित तरिकाले व्यवस्थापन गर्न उपसमितिका सबै सदस्यहरुलाइ थप जिम्मेवारी प्रदान गरिएको सापकोटाले बताइन् । महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मरमत सुधार , नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास , सनातन धर्म सस्कृतिको जगेर्ना गर्ने र बेगनासतालमा विभिन्न काल खण्डमा डुंगा दुर्घटना समेतमा परी दिवंगत भएका जनहरुको उद्धार समेत गर्ने उद्धेश्य राखी गर्न लागिएको विराट ज्ञानमहायज्ञको भोजन व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ ।

संयोजक कमल प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकले महायज्ञ अवधिभर अतिथिहरुलाइ भोजनको सु–व्यवस्थित तरीकाले व्यवस्थापन गर्न उपसमितिका सदस्यहरुलाइ थप जिम्मेवार दिइएको छ । बैठकमा भोजन व्यवस्थापनलाइ व्यवस्थित बनाउन सबै सदस्यहरुले प्रतिबद्धता व्यक्त गरेको सापकोटाले जानकारी दिए । मन्धरेपार्कमा श्रीमद् भागवत विराट ज्ञानमहायज्ञ गर्ने कार्य सम्पादन समिति बैठकको निर्णय अनुसार मञ्च व्यवस्थापनको कार्य विहिवारबाट शुरु गरिएको छ । रेवति अधिकारी संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिले मञ्च व्यवस्थापनको कार्यलाइ तिब्र रुपमा अगाडि बढाएको मूल समारोह समितिका माहासचिव धु्रव नाथ अधिकारीले जानकारी दिए ।

महायज्ञमा शान्तिको रुपमा प्रयोग गरिने कलश आवश्यक परेमा रु ५०० भुक्तानी गरी लिन सकिने सहकोषाध्यक्ष कल्पना अधिकारीले जानकारी दिइन् । बेगनासतालमा रहेको पुरानो र स्थापित संस्था बेगनास युबा क्लबमा रहेको सचिवालयमा विभिन्न उपसमितिका बैठकहरु बसी बिराट ज्ञानमहायग्यको तयारीलाइ तिव्र पारिएको मुल समारोह समितिका अध्यक्ष डिल्लिरमण तिवारीले जानकारी दिए ।

Related Articles

Check Also

Close
Close