अन्य

मन्टेश्वरी बालमैत्री हुनुपर्छ—उपसभामुख शर्मा 

Spread the love

मन्टेश्वरी बालमैत्री हुनुपर्छ—उपसभामुख शर्मा

लेखनाथ, ४ चैत ।
गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले मन्टेश्वरी एवं प्रि—स्कुलहरु बालमैत्री हुनु पर्नेमा जोड दिएकी छन् ।  पोखरा २७ डाँडाको नाकमा रहेको लिटिल गार्डेन मन्टेश्वरी एवं प्रि—स्कुलको बार्षिकोत्सव एवं अभिभावक दिवशको उद्घाटन गर्दै, उपसभामुख शर्माले मन्टेश्वरी बालबालिकाका लागि बोझ नभई अभ्यास शिक्षण विधीको प्रारंभिक खुड्किलो भएको बताईन ।
शर्माले खेल्दै सिक्दै विभिन्न विधिको प्रयोग गरी बालबालिकालाई शिक्षण गराउँदा उनिहरुको मनोविकास हुने उल्लेख गरिन । बालबालिका मैत्री फर्निचर, अध्ययन सामाग्री, भौतिक पूर्वाधार, तालिमप्राप्त शिक्षकबाट शिक्षण गराउँदा उनिहरुलाई अघिल्ला कक्षाहरुमा सहज हुने बताईन ।
शर्माले सरकारले शिक्षामा रहेका विभेदलाई अन्त्य गरी समावेशी र समान एवं गुणस्तरिय शिक्षामा जोड दिनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले अहिलेका मन्टेश्वरीहरु प्रविधिमैत्री भएको उल्लेख गर्दै, उनिहरुका पुस्ता स्मार्ट हुने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिकाका सामाजिक विकास शाखाका कर्मचारी मिना भट्टराई, संचारकर्मी नवराज सापकोटा, अभिभावक रमा भण्डारी लगायतले मन्टेश्वरीले गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
संचालिका ऋतु पौडेलले मन्टेश्वरीको अवस्थाका बारेमा जानकारी दिदै, बालबालिकाका लागि सिकाईको नमूना थलो बनाउने प्रतिवद्धता व्यक्त गरिन ।

Related Articles

Close