समाचार

विवाह मण्डपबाटै दुलाह र दुलहीका बुवा पक्राउ

Spread the love

फागुन २८,  दाङ ।  दाङमा विवाह मण्डपबाटै दुलाह र दुलहीका बुवालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३, सेवार निबासी दुलाह ३० वर्षका कृष्णबहादुर केसी र घोराही उपमहानगरपालिका-१४ ढोरेनी निबासी ४६ वर्षीय वसन्त भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले बताए।

१८ वर्षीय केटीको विवाह गरिदिन लागेको सूचनाका आधारमा बुधबार बिहान १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो। ढोरेनीमा बाल विवाह भइरहेको छ, भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीलले विवाह मण्डपबाट दुवै जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुलाह र दुलहीका बावुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७३ लाई टेकेर बाल विवाह गर्न नहुने कसुरमा मुद्दा चलाएको प्रवक्ता खड्काले बताए। दुलहीलाई भने आमाको जिम्मा लगाइएको छ। नेपालको संविधानमा २० वर्ष नपुगी विवाह गर्न नपाइने कानुनी व्यवस्था छ।

Related Articles

Back to top button