समाचारसमाजस्थानीय

महिनावारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Spread the love

ऋषिराम रानाभाट ।
लेखनाथ, ३ फागुन ।
महिनावारी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको आयोजनामा पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा माध्यमिकि विद्यालयमा सम्पन्न भएको छ ।
कक्षा ६देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा किशोर किशोरीमा महिनावरी सम्बन्धि सचेतना जगाई विद्यालयमा किशोरीमैत्री वातावरण निर्माण गर्ने कार्यक्रमको मूख्य उद्धेश्य रहेको कार्यक्रमकी सहजकर्ता एवम् राइट फर चिल्ड्रेनकी प्रतिनिधि दुर्गा रानामगरले बताउनु भयो । अरु सामुदायिक विद्यालयमा पनि महिनावरी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गरीएको रानामगरले जानकारी दिनु भयो । कार्यक्रम धेरै भन्दा धेरै फलदायी भएको सहभागी विद्यार्थीहरुले बताए ।
यसै गरी विद्यालयमा वालमैत्री वातावरण निर्माणका लागि कक्षा ८ की सोचना केसीको अध्यक्षतामा वालक्लब पूनर्गठन गरिएको छ ।
पूूनर्गठन गरिएको वालक्लबको उपाध्यक्षमा अनिस नेपाली, सचिवमा आदर्श तिवारी, सह सचिवमा अनुष्का रानाभाट,कोषाध्यक्षमा समृद्धि भुर्तेल चयन भएका छन् । यसै गरी सदस्यहरुमा सुमन तिवारी, सविन केसी, दिया गुुरुङ, स्वरुप थापा, सृष्टि केसी, अभिनास परियार, सुप्रिया न्यौपाने, मनिस न्यौपाने, सबिन तिवारी, शिक्षिता तिवारी रहेका छन् भने वाल संरक्षकमा शिक्षक प्रकाश तिवारी रहनु भएको छ ।

Related Articles

Close