समाचार

गण्डकी मिजार समाजको प्रथम साधारण सभा तथा अधिबेसन सम्पन्न

Spread the love

लेखनाथ, २४ फागुन ।
विभिन्न ठाउमा छरिएर रहेका मिजार जातीको साझा संगठन गण्डकी मिजार समाजको प्रथम साधारण सभा तथा अधिबेसन सनिवार पोखरामा सम्पन्न भएको छ ।
जातीय एकता,भाषा तथा सस्कृतीको संरक्षणमा सहयोग पुग्ने गरि गत वर्षमात्र बिधिवत रुपमा दर्ता भएको मिजार समाजको प्रथम साधारण सभा तथा अधिवेसनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले नेपाल सवै जात जातीको साझा फुलवारी भएकाले यहाँ जातीय रुपमा केही पनि सानो,ठुलो नहुने हुदाँ धनि, मध्यम र न्यून गरि बर्गीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रामज्योती मावि विद्यालय ब्यवस्थान समितिका अध्यक्ष र∙नाथ तिमील्सेनाले सवै जात जातीहरु समुदायमा मिलेर वस्नुपर्ने धारणा राखेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य भीम बहादुर नेपालीले काम प्रतिको ईमान्दारीता र सकरात्मक सोचले मात्र समाज परिवर्तन गर्न सकिने सुझाव राखेका थिए ।
सोही अवसरमा धादि∙ पोखरा सम्पर्क समाजका सल्लाहकार गोकर्ण अधिकारीले सवै जात जाती मिलेर नै समाज निमार्ण भएकाले धारणा राखेका थिए भने अन्नपुर्ण मिजार समाजका अध्यक्ष चेत वहादर नेपाली र समाजका सह सचिव गोपाल नेपालीले एकतामा नै वल हुनेमा जोड दिएका थिए । समाजका अध्यक्ष पुर्ण बहादुर नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तेज बहादुर नेपालीले र संचालन सचिव बुद्धराज नेपालीले गरेका थिए ।
यसैविच सोही भेलाले आगामी कार्यकालका लागि गोपाल नेपालीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा जुनादेवि नेपाली,उपाध्यक्षमा एक बहादुर नेपाली,सचिवमा बुद्धराज नेपाली सह सचिवमा सिता नेपाली,कोषाध्यक्षमा मनबहादुर चर्माकार र सह कोषाध्यक्षमा अस्मिता नेपालीलाई चयन गरेको हो ।यसैगरि समितिको सदस्यमा सदस्यमा तिलक नेपाली,हरि नेपाली, मिन बहादुर नेपाली,महेन्द्र हरिजन,सन्तोशी नेपाली र प्रियाँ नेपाली रहेका छन् भने समितिको बरिष्ठ सल्लाकारमा तेज बहादुर नेपाली र सल्लाहकारमा प्रेम नेपाली, विष्णुमाया नेपाली र रुपबहादुर नेपालीलाई चयन गरेको बताईएको छ ।

Related Articles

Close