अर्थ खबरसमाचार

तालचोकको लेकसिटी मिनी मार्केटमा आगलागी

लेखनाथ उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त

Spread the love

लेखनाथ, २३ कार्तिक ।
पोखरा महानगरपालिका वडा नं. २७ को तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा विहिवार राती आगलागी हुँदा १५ वटा ब्यवसायीक प्रतिष्ठानको करिव दुई करोड २५ लाख रुपैया बरावरको क्षति भएको अनुमान गरिएको छ । आगोलागिबाट सटरमा रहेका दुई वटा मोटर साइकल र एउटा नयाँ स्कुटर जलेर नष्ट भएका छन् । आगलागीमा सुन्दरमणि पाण्डेको फोम हाउस र मनोज अधिकारीको बिजुली पसलमा वढि क्षती देखिएको छ भने मनोज अधिकारीले बुधवार मात्रै खरिद गरेको स्कुटर, कुल प्रसाद अधिकारी र सुन्दरमणि पाण्डेको मोटरसाइकल समेत जलेर नष्ट भएका छन् ।
यसैगरी आगोलागिमा मिना मल्लको फेन्सी एण्ड कस्मेटिक, बिष्णु तामाङको कस्मेटिक, लक्ष्मी लामिछानेको फेन्सी एण्ड कस्मेटिक पसल,चेतभक्त ओझाको पुजा सामाग्री पसल, सन्तोष आचार्यको फेन्सी, श्रीप्रसाद परियारको सिलाई, रुपा रसाईलीको खाजा घर, प्रकाश र नितिन परियारको सिलाई कटाई पसल, शान्ति भूजेलको फेन्सी पसल पनि जलेर नष्ट भएको छ । सुजल आरोसी, लक्ष्मी परियार, पदम कुमारीको फेन्सी पसल समेत जलेर नष्ट भएका छन् ।
राजेन्द ्रनिधी कोईरालाको जग्गा भाडामा लिई स्थानिय दयाराम तिवारी, कृष्ण तिवारी र धनप्रसाद तिवारीले पाँच बर्ष देखि संचालन गरेको मिनि मार्केटको भवन पनि जलेर नष्ट भएको छ । राती सवा नौ बजे लागेको आगो झण्डै ११ बजे मात्रै नियन्त्रणमा आएको थियो । स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय पानी उद्योगका ट्यांकर र महानगरको दमकलको प्रयोगले आगो नियन्त्रण लिएको उद्धारमा खटिएका स्थानिय युवा सुरजजंग राणाले जानकारी दिएका छन् ।
विद्युत सट भएर आगोलागी भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मिनी मार्केटको अगाडी आगोको मुस्लो देखिएकाले अगाडी नै रहेका पाण्डे फोम हाउस वा शुभकामना विजुली पसल कुनबाट विद्युत सट भयो भन्ने एकिन भएको छैन । मार्केट भित्र १८ वटा सटरमा फोम हाउस, विजुली पसल, सिलाई कटाई, खाजा घर, व्यूटी पार्लर, फेन्सी लगायतका पसलहरु रहेका थिए ।
यसैविच आगो लागि घटनाको सुक्रवार पोखरा महानगरका प्रमुख मानवहादुर जि.सी ले स्थलगत निरिक्षण गरेका छन् । उनले घटनाको बिवरण महानगरमा पठाउन समेत पिडित व्यवसायीलाई आग्रह गरेका छन् । आगोलागि घटनका वारेमा ब्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघले प्रेश विज्ञप्ती मार्फत दु ः ख ब्यक्त गरेको छ । संघका अध्यक्ष बलराम ढकालद्धारा हस्ताक्षेरीत विज्ञप्तीमा संघका सदस्य तथा अन्य व्यवसायीक फर्महरुमा भएको आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आकस्मिक रुपमा यस्ता आगजनीपूर्ण भवितव्य कुनै पनि समयमा हुनसक्ने भएका कारण पोखरा महानगरपालिकाको एउटा ठूलो भुभाग ओगटेको लेखनाथ क्षेत्रमा छुट्टै रुपमा दमकलको व्यवस्था गर्न पोखरा महानगरपालिकासँग संघ अनुरोध गरिएको छ । साथै विज्ञप्तीमा लेखनाथ उद्योग वाणिज्य संघ यस्ता विपत्तिबाट हुने क्षति कम गर्न र विपत्तिको समयमा यथासिघ्र सहयोग पुर्याउनका लागि आवश्यक व्यवस्था मिलाउन सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध गर्दै आगलागीबाट पीडितहरुलाई आ आफ्नो क्षेत्रबाट सघाउन र यथोचित क्षतिपूर्तिको प्रवन्ध मिलाउनको लागि जोडदार माग गरेको बताईएको छ ।

Related Articles

Close