फोटोमनोरञ्जनसमाचार

छैठौँ संस्करणको मिस गण्डकीमा पहिलो अडिसनबाट १० जना छनौट

Spread the love

पोखरा, २१ साउन ।
छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसनबाट १० जना छनौट भएका छन् । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिको पहिलो चरणमा २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट गर्ने जनाएको छ ।
पहिलो अडिसनबाट १० जना छनौट भइसकेका छन् भने आगामी भाद्र ६ गते हुने दोस्रो अडिसनबाट १० जना छनौट गरी कुल २० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् ।
करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् ।
असोजको दोस्रो साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनर अपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग आउने क्रम जारी रहेकाले प्रायोजकहरुका विषयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने उनले बताएका छन् ।

Related Articles

Check Also

Close
Close