समाचार

मोदीसँग सीमा विवाद र डुवानको कुरा उठाउन सांसदहरुको सरकारालाइ सुझाव

Spread the love

काठमाडौं २७ वैशाख
सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराईरमधेसको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय पक्षंसंग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लिलानाथ श्रेष्ठले तराई मधेसमा बषात्र्मा ठूलो क्षति र्पुयाउने गरेको भन्दै नदी नियन्त्रणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सुनकोशी कमला डाइभर्सनका लागि बजेट विनियोजन गर्न पनि माग गरे । प्रदेश २ मा जनसंख्या र मानव विकास सूचाङ्कका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

सांसद सञ्जयकुमार गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा विगतका सन्धि सम्झौता कार्यान्वयनबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए । मधेसको डुबानको समस्या द्धिपक्षीय भएकाले ती विषयमा पनि कुरा उठाउन माग गरे ।

सांसद महेश्वर गहतराजले तराईको डुबान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भुभागमा निर्माण गरेका लक्ष्मणपुर बाँध र पूर्वपश्चिम सडक लगायत संरचनाले त्यस क्षेत्र बासिन्दा हरेक बर्ष डुबानको समस्या भोग्न बाध्य भएको भन्दै सो बारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा गर्नसरकारको ध्यानाकर्षण गराए ।

सांसद अमरेशकुमार सिंहले बागमतीमा आउने बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम गर्न सरकारसँग माग गरे । उनले हुलाकी सडक मार्ग निर्माणको काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सांसद सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा असिनाले केरा बाली नष्ट गराएकाले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे । उनले चेपाङ समूदायलाई जग्गाको मालिक बनाउन आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

Related Articles

Check Also
Close
Back to top button