समाचार

बाँदर नियन्त्रण गर्न पाँच लाख खर्चेर बोलाइयो भारतीय शिकारी

Spread the love

माघ २३,

टाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर नियन्त्रणको काम शुरु गरेको छ। किसानले खेतबारीमा लगाएको अन्नबाली तथा फलफूल खेतीलगायतका बालीनाली सखाप बनाएर हैरान पारेको बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत् समातेर राष्ट्रिय निकुञ्ज पुर्‍याउने तयारी गरेको हो।

यसका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार खान र साविर खानलाई दिक्तेल ल्याई पुर्‍याएको छ। बाँदर नियन्त्रणका लागि बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले बुधबार पाँच लाख रुपैया बजेट उपलब्ध गराएको छ। प्रतिगोटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समातेर निकुञ्जसम्म पुर्‍याई छाड्नका लागि नगरपालिकाले उक्त बजेट उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए।

प्रमुख रिजालले बाँदर नियन्त्रणका लागि रकम अभाव भएमा थप रकमसमेत नगरले व्यवस्था गर्ने बताए। उनले भने ‘जनताको ठूलो गुनासो आएको छ, हामी बाँदर नियन्त्रण गर्दै आगामी दिनमा बाँदर नियन्त्रण गर्न स्थानियलाई सिपसमेत सिकाउने योजना छौँ। उनले किसानको गुनासोलाई सम्बोधन गर्दै २० देखि २५ जना स्थानीयलाई सिप तथा आवश्यक सामग्रीको समेत नगरपालिकाले व्यवस्थापन गर्ने बताए। जिल्लाका विभिन्न ठाउँका जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समातिने बाँदर नियन्त्रक साविर खानले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइने बाँदर आतङ्क नियन्त्रण गर्न बनेको बाँदर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। किसानले मिहनतका साथ लगाएको बालीनाली सखाप पारेर हैरान खेलाएका बाँदर नियन्त्रण गरी निकुञ्ज पुर्‍याउने खबरले पीडित किसान खुसी भएका छन्।

Related Articles

Check Also

Close
Close