मनोरञ्जनसमाचार

पोखरा ३१ मा वाद्यवादन सामग्री हस्तान्तरण सम्पन्न

Spread the love

पोखरा ३१ मा वाद्यवादन सामग्री हस्तान्तरण सम्पन्न
ऋषिराम रानाभाट
लेखनाथ, २६ अषाढ ।
पोखरा महानगरपालिका वडा नं.३१ले वाद्ययवादन सामग्री हस्तान्तरण गरेको छ । वडास्तरीय बजेटबाट एक कार्यक्रमका विच उक्त सामग्री हस्तान्तरण गरिएको हो । वेगनासताल लामास्वाँरा तमु समाजलाइ १ लाख ८० हजार वारावरको वाध्यवादनका सामग्रीहरु, पचभैया देउराली मन्दिर संरक्षण समितिलाइ ८० हजार वारावरको वाद्ययवादनका सामग्रीहरु र नौमती वाजा संरक्षण समिति वेगनासलाई १ लाख वारावरको नौमती वाजा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेकपाका जिल्ला कमिटिका सदस्य एवम् अम्मर सिद्ध नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेलले नेपाल बहुजाती, बहुभाषी वहुसांस्कृतिक भएको विश्वको सुन्दर मुलुक भएको बताउँदै नेपालमा भएका मौलिक सांस्कृतिकको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए । यसै गरी विशेष अतिथि नेपाल कम्यूनिष्ट पार्टी ३१ नं वडाका अध्यक्ष गणेश बहादुर थापा, वडा अध्यक्ष कमल बहादुर थापा लगाएतले नेपालमा भएको प्राचिन संस्कृतिको लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दे नेपालको संस्कृति र पहिचान दिने नौमती बाजा, वाद्यवादन सामग्रीहरु लगाएतको संरक्षण गर्दै नेपालको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सबैमा आग्रह गरे ।

इन्जिनियर विमल आचार्यले स्वागत गरेको सोही कार्यक्रममा एक महिना हलुका सावरी चालक प्रशिक्षण लिएका ३० जना युवाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रमको सञ्चालन वडा सचिव रेशमलाल पौडेलले गरेका थिए भने वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको वडा सचिव पौडेलले जानकारी दिए ।

 

Related Articles

Close