समाचार

म्याग्दीमा अनिश्‍चितकालीन कर्फ्यू, अवज्ञा गरे पक्राउ गरिने

Spread the love

चैत ११,  म्याग्दी । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि म्याग्दीमा आज (मंगलबार) दिउँसो १२ बजेदेखि लागु हुने गरी  निषेधाज्ञा (कफ्र्यू आदेश)जारी गरिएको छ।

म्याग्दीसँग सीमा जोडिएका सम्पूर्ण नाका बन्द गरेको अवस्थामा पनि बजारमा पैदलयात्रीको चहलपहल देखिन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

 ‘यो अवस्थामा बाहिर ननिस्कनुहोला, अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो’, प्रजिअ ढकालले भने।

Related Articles

Check Also
Close
Back to top button