मनोरञ्जन

लोकको गीतलाई राजेशपायलले स्वर दिएपछि नबिनले बनाए दमदार भिडियो

Spread the love

काठमाडौं, कात्तिक १८ । गीतकार लोक रार्इले रचना गरेको आधुनिक गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

लोकको ‘के देखेथें’ बोलको गीतमा राजेश पायल रार्इको दमदार स्वर रहेको छ ।

संगीतकार दिनेश सुब्बाको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक तथा फोटो पत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका छन् ।

सागर थापा र सब्बु गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोलाई सतिस श्रेष्ठको सम्पादन रहेको छ ।

म्युजिक भिडियोलाई जिनियस डिजिटलले सार्वजनिक गरेको हो। म्युजिक भिडियो र गीतबाट आफु निकै नै आशाबादी रहेको गीतकार लोक रार्इले जानकारी गराएका छन ।

Related Articles

Back to top button