समाचार

नक्कली नेपाली नोट बरामद

Spread the love

काठमाण्डौ, २ जेठ ।
प्रहरी परिसर काठमाडौंले उपत्याकाका तीन विभिन्न स्थानबाट २ करोड ६३ लाख नक्कली नेपाली नोट बरामद गरेको छ । स्रोतका अनुसार गोगंबु, ठाडोढुंगा र लुभुबाट त्यतिका धेरै रकम बरामद गरिएको हो । प्रहरीका अनुसार छापा मारिएको स्थानमा नक्कली नोट छापिएको तथ्य खुलेको छ। बरामद सबै नोटहरु एक हजार रुपैयाँका रहेको श्रोतले बताएको छ । प्रहरीले नक्कली नोट छाप्ने र वितरण गर्ने गिरोहका सदस्यहरुलाई पनि पक्राउ गरेको दाबी गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button