अर्थ खबरसमाचार

नक्कली नोटदेखि सावधान रहन नागरिकलाइ प्रहरीको आग्रह

Spread the love

काठमाण्डौ, कार्तिक ५ ।
काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले अझै पनि बजारमा नक्कली नोट भएको भन्दै नागरिकलाई ध्यान दिन आग्रह गरे । प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्री सहित शनिबार ३ लाख ७० हजार रूपैयाँ बरामद ग¥यो ।
बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गरेको छ । काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले सो गिरोहले ५ लाख नक्कली रूपैया छापेको बताए । उनीहरूले छापेका रकममध्ये त्यसमा केही रकम हामीले बरामद गरेका छौं, उनीहरूले दिएको बयान अनुसार १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम भेटिएको छैन, त्यो पनि खोज्दैछौ’, उनले भने । पोखरामा पनि केही समय देखी ५ सय र १ हजार रुपैया दरका नोटहरु नक्कली भटिएका छन् ।

Related Articles

Close