समाचारसमाजस्थानीयस्वास्थ्य

नयन सहकारीको रत्तदान, ५७ युनिट रगत संकलन

Spread the love

लेखनाथ,३ वैशाख । नयन वचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा २६को नवौं स्थापना दिवस एवंम आठौ वार्षिकोत्सवका अवसरमा राखिएको खुल्ला रत्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
सहाकारी सात शिध्यान्त अन्तरगको सामाजिक उक्तरदाईत्व र समुदाय प्रतिको चासोलाई आत्मसाथ राख्दै शुक्रवार कार्यालय परिसर अर्घौचोकमा राखिएको रत्तदानमा ५७ युनिट रगत संकलन भएको हो ।
रत्तदान कार्यक्रमको सुभारम्भ गर्दै भुमी ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीको विकाससगै समाजमा स्वच्छ रहने उपाएका वारेमा पनि जनचेतना वढेको प्रशंग उठाउदै पराजुलीले रत्तदानले मानिसलाई आफनो स्वाथ्यका वारेमा जानकारी लिने अवसर पनि मिल्ने धारणा राख्नु भएको थियो ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकालले सहाकारीले पैसाको मात्र कारोवार नगरि सामाजिक उक्तरदाईत्वका पनि काम गरेर देखाउदै आएको विचार राख्नु भएको थियो । सस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौ वजार ब्यवस्थापन समितिका सल्लाहकार सुर्यमणि लामिछाने,लेखनाथ युवा क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ,मेघा बैक अर्घौ साखाका साखा प्रमुख प्रकाश सिग्देल,सस्थाका सल्लाहकार विश्वराज अधिकारी,पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य रामकृष्ण जिसी लगाएतले रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराउनु भएको थियो ।
सस्थाका सचिव शिवहरी सुबेदीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले गर्नु भएको थियो ।

Related Articles

Close