समाचार

वडा नं २७ नेपाली काग्रेसमा पुर्नगठन

Spread the love

वडा नं २७ नेपाली काग्रेसमा पुर्नगठन
बैशाख १६, लेखनाथ ।
नेपाली काग्रेसले देश ब्यापी अगाडी सारेको पाटी सुद्धिकरण तथा सदस्यता वितरण अभियान अन्तरगत कास्कीको पोखरा महानगरपालिका वडा नं २७ को वडा समिति पुर्नगठन गरिएको छ ।
जिल्ला कार्यसमितिको कास्कीको निर्देशन अनुरुप पाटीले खटाएका प्रतिनिधीहरुको उपस्थितीमा सोमवार वडा नं २७ मा भएको अगुवा कार्यकर्ताको भेलाले जगवहादुर गुरुङको संयोजकत्वमा वडासमिति गठन गरि कार्यविभाजन समेत गरिएको हो।
सर्वसम्वत रुपमा चयन भएको समितिको सह संयोजकमा भानुभक्त लामिछाने र खडानन्द लामिछाने रहेका छन् भने समितिको उप सभापतिमा प्रयागराज भण्डारी,सचिवमा विश्वराज पौडेल र धर्मदत्त बराल, सदस्यहरुमा अञ्चल गुरुङ,कृष्ण अधिकारी,ईन्दिरा लामिछाने र लक्ष्मी भण्डारी रहेकी छन् ।
कार्यक्रममा कास्की काग्रेसका नेता नन्दप्रसाद तिवारी, राजेन्द्रमणि लामिछने, नविनवावु पौडेल, क्षेत्रिय सचिव सुरजजंग राणा, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,वडा सदस्य शेखरनाथ लामिछाने, प्रेम वराल, उद्योग ब्यवसायी वावुराम गिरी, ध्रुमबावु भटराई लगाएतले पाटी सुद्धिकरण सगसगै संगठन विस्तारलाई तल्लो तहसम्म पु¥याउनु पर्ने सुझाव राखेका थिए ।

Related Articles

Close