समाचार

अतिआवश्यक बस्तुको आपूर्तिलाई सहज र सुरक्षित बनाइनेः समन्वय समिति

Spread the love

काठमाडौं, वैशाख ०३ः कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पहिचान परिक्षण र उपचारलाइ उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको समितिको बैठकले पहिचान परीक्षण र उपचारको दायरा तत्काल बढाउने निर्णय गरेको हो । त्यसैगरी बैशाख ३ गतेसम्म रोक लगाएको आन्तरीक तथा बाह्रय उडानलाइ बढाएर बैशाख १८ गते सम्म पुर्‍याएको छ ।

बैठकले नीजि क्षेत्रले ल्याउने औषधीजन्य सामाग्रीको लागि सहजीकरण गर्ने र चिनबाट जी टु जी मोडलमा औषधिजन्य सामाग्री ल्याउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनु भयो ।

संक्रमणको जोखिम बढ्दै गएको ठहर गर्दै लकडाउनको पूर्ण पालना गर्न सर्वसाधारणलाइ बैठकले आग्रह गरेको छ । साथै सुरक्षा निकायलाई लकडाउनमा कडाइ गर्न र अनावश्यक हिंडडुल गर्नेहरुलाइ संक्रमण रोग ऐन २०२० अन्तर्गत थुनामा राख्नेसम्मको कार्वाही गर्न निर्देशन दिएको छ ।

त्यसैगरी अतिआवश्यक बस्तुको आपूर्ति आयात तथा आवागमन सहज र सुरक्षित बनाउने एवं भन्सारमा सहजिकरण गर्ने निर्णय गरेको छ ।

वस्तुगत राहत वितरण सहज बनाउँदै राहत पाउन योग्य हरेक व्यक्तिमा राहत पुर्‍याउने निर्णय पनि गरेको छ । त्यसैगरी त्रिभूवन विश्वविद्यालयमा रहेको पीसीआर मेशिन प्रदेश २ मा पठाउने निर्णय गरेको छ । बीरगञ्जमा रहेको उपक्षेत्रिय अस्पताल कोरोनाको डेडीकेटेड अस्पताल बनाइ आवश्यक उपकरण तत्तकाल पठाउने निर्णय गरेको छ ।

हालसम्म १५ हजार ८ सय परीक्षण सम्पन्न भै सकेको र निजी क्षेत्रका चिकित्सक समेत उपयोग गरेर परिक्षण संख्यात्मक र गुणात्मक रुपमा बढाउने निर्णय गरेको छ ।

त्यसैगरी अफगानिस्थानमा संयुक्त राष्ट्रसंघमा कार्यरत ६२ जना नेपालीलाई उपर्युक्त विधिद्वारा  उद्‍वार गरेर ल्याउने निर्णय पनि गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button