समाचार

नेपाली कम्युनिस्ट एकतालाई विश्वले आत्मसाथ गर्ने प्रधानमन्त्री ओलीको दाबी

Spread the love

बेइजिङ, असार ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिस्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका हुन्। उनले भने, “हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो। हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो।
हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ।” नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०को विभिन्न आन्दोलनको अनुभवसहित पार्टी एकताको बिन्दुमा आइपुग्दा साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गरेका थिए। माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले जानकारी दिए।
यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरेका थिए। उनले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको बताए।

Related Articles

Back to top button