अर्थ खबरमनोरञ्जनसमाचार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायीद्धारा सम्मान

Spread the love

पोखरा, २० माघ ।
व्यवसायिक एकता, दिगो व्यापार, मर्यादित व्यवसाय समृद्धिको आधार भन्ने उद्धेश्य राखेर स्थापना भएको नेपाल पुस्तक तथा स्टशनरी व्यवसायहीले सम्मान तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न गरेको छ । कास्की शाखाका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले पेशागत हक हितका लागि सबै पुस्तक व्यवसायिकहरुलाइ एक हुनु पर्नेमा जोड दिंदै आफ्नो व्यवसायको मर्यादालाइ ध्यानमा राख्दै व्यवसयलाइ अगाडि बढाउन सबै पुस्तक तथा स्टेशनरी व्यवसायीहरुलाइ उनले आग्र गरे ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, केन्द्रिय उममहासचिव रामदेव पाण्डे, केन्द्रिय सचिव सिव सागर शर्मा, केन्द्रिय खुल्ला सदस्य एवम् कास्की शाखाका निवर्तमान अध्यक्ष शिवराज वास्तोला, केन्द्रिय सदस्य सकुन्ताल शर्मा, गण्डकी प्रदेशका उपाध्यक्ष जगदीश गौतम, लेखनाथ उद्योग वाण्यि महासंघका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी, श्याङ्गजा शाखाका अध्यक्ष किसान श्रेष्ठ लगाएतलाइ सम्मान गरिएको थियो ।
कास्की शाखाका सचिव गोविन्द गौतमले सन्चालन गरेको कार्यक्रममा छेलो, रस्साकसी, म्यूजिकल चियर लगाएतका कार्यक्रम गरी मनोरन्जनात्मक कार्यक्रम समेत गरीएको वेगनासताल निवासी पुस्तक तथा स्टेशनरी युवा व्यवसायि प्रेम रानाभाटले जानकारी दिए ।

Related Articles

Close