खेलकुुदसमाचार

नेपालसँग भूटान ६—१ गोलअन्तरले पराजित

Spread the love

काठमाण्डौ, ८पुष ।
नेपाली राष्ट्रिय पन्ध्र वर्षमुनि ९यु–१५० महिला फुटबल टोलीले भूटानको १५ वर्ष मुनि महिला टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् । उनले १२, ४८ र ५४ औँ मिनेटमा तीन गोल गरिन ।
यस्तै कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल थपिन । प्रितिले खेलको ४४, ८९औँ मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौ मिनेटमा गोल गरिन । भूटानकी कप्तान डिकी लाजोमले खेलको १४औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । अव नेपालले मंगबार भूटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

Related Articles

Close