समाचारसमाज

नेपाली काँग्रेस पोखरा–२७ ले माघ ८ गते डाँडाको नाकमा विरोध प्रर्दशन गर्ने

Spread the love

लेखनाथ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको घटनाको विरुद्धमा नेपाली काँग्रेस पोखरा–२७ को वडा कमिटिले आगामी माघ ८ गते विरोध प्रर्दशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ स्थानीय तहका वडाहरुमा तय भएको विरोध प्रर्दशन कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिकाको वडा नं. २७ स्थित डाँडाको नाकमा विरोध प्रर्दशन गरिने भएको हो ।

संविधानमा भएको व्यवस्था प्रतिकुल जनभावना बिपरितको कार्य विरुद्ध नेपाली काँग्रेस एक मतका साथ उभिएको र समस्त लोकतन्त्रवादीहरुलाई विरोध प्रर्दशनमा व्यापक रुपमा सहभागी भई असंवैधानीक र अलोकतान्त्रीक कदमका विरुद्ध एकजुट भएर ऐक्यवद्धता प्रकट गरिदिनका लागि नेपाली काँग्रेस पोखरा–२७ का सचिव विश्वराज पौडेलले अपिल गरेका छन ।

Related Articles

Close