समाचार

न्यौपाने बन्धु समाज लेखनाथको अध्यक्षमा धु्रव राज न्यौपाने

Spread the love

लेखनाथ, १७ चैत ।
न्यौपाने बन्धु समाज लेखनाथको साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बयोबृद्ध रोमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अधिवेसनले धु्रव राज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको कार्य समितिको उपाध्यक्षमा तिर्थ राज न्यौपाने, सचिवमा सिता न्यौपाने, कोषाध्यक्षमा सन्जिब न्यौपाने, सह सचिवमा सूर्यनाथ न्यौपाने चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा सुजन न्यौपाने, विष्णु न्यौपाने, कोपिला न्यौपाने, प्रदिप न्यौपाने चयन भएका छन् । अधिवेसनमा जिल्ला अध्यक्ष दामोदर न्यौपाने , जिल्ला कोषाध्यक्ष दुर्गा न्यौपाने , माझगाउ अध्यक्ष सुर्यमोहन न्यौपाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष मधुकर न्यौपानेका अध्यक्षतामा सम्पन्न भएको साधारणसभाम कोषाध्यक्षको आर्थिक पर्तिबेदनलाइ सर्वसम्मत रुपमा पारित गरिएको थियो । सुर्यनाथ न्यौपाने स्वागत गरेका थिए भने हरिकृष्ण न्यौपानेले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Check Also

Close
Close