समाचार

न्यू लाइट मा.वि.मा सम्मान कार्यक्रम सम्पन्न

Spread the love

लेखनाथ, असार १३
पोखरा लेखनाथ ३० शिशुवा स्थित न्यू लाइट अंग्रेजी आवासिय मा.वि.ले माध्यमिक शिक्षा एस इ इ उतीर्ण विधार्थीहरुलाइ बुधबार एक कार्यक्रमका विच सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका प्रिन्सिपल वुद्धि प्रसाद बास्तोलाले विद्यालयका वारेमा चर्चा गर्दै स्वागत गरेका थिए। यसै गरी वडा.न २६ का वडा अध्यक्ष नारायण बरालले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै एस इ इ मा पास भएका विद्यार्थीहरुलाइ बधाइ दिएका थिए ।

त्यस्तै गरी लेखनाथ उधोग वाणिज्य सघका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी , त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बधाइ एवम् शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन शिक्षक नारायण लामिछानेले गरेको शिक्षक अरुण चन्द्र सुवेदीले जानकारी दिए ।

Related Articles

Close