मनोरञ्जनसमाचारसमाजस्थानीय

बेगनासतालमा नव वर्षको पूर्व सन्ध्यामा आन्तरिक पर्यटकलाई स्वागत

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ३१ चैत्र । नव वर्ष २०७८ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नं.३१को बेगनासतालमा आन्तरिक पर्यटकलाई स्वागत गरिएको छ ।
स्याक्रेड समिटको आयोजनामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्येले आयोजना गरिएको कार्यक्रममा १ सय वटा रोयल एनफिल्ड बुलेट वाइक राइडरको यात्रा काठमाण्डौबाट सुरु भएको थियो भने वाइक राइडरलाई पोखरा ३१ बेगनासतालमा भव्य रुपमा स्वागत गरिएको हो ।
होटल तथा रेष्टुरेण्ट एशोसियसन, ढुंगा व्यवसायिक समिति, युवा क्लब, आमा समूह र स्थानिय वासिन्दाहरुले रोयल एनफिल्ड बुलेट वाइक सबार आन्तरिक पर्यटकलाई फूल मालाले भव्य रुपमा स्वागत गरेका थिए ।
आन्तरिक पर्यटकलाई पर्यटक प्रहरीले स्कटीङ गरेको थियो भने ट्राफिक प्रहरी, स्थानिय सामाजिक संघ संस्थाहरुले सहयोग गरेका थिए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्येले नव वर्ष २०७८ लाई स्वागत गर्दै वाजागाज सहित आन्तरिक पर्यटकलाई भव्य रुपमा स्वागत गरिएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदर भक्त थापाले जानकारी दिनु भयो ।

Related Articles

Close