मनोरञ्जनसमाचार

नेशनल एफ एमको पाँचौ तिज गीत प्रतियोगिता सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, भदौ १६ ।
पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा रहेको नेशनल एफ एम ८८ं२ मेगाहर्जको पाँचौ तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम हुने राधाकृष्ण दिदी बहिनीको समुहलाइ रु १५ हजार र प्रमाण पत्र, द्धितिय हुने अर्चले दिदि बहिनीको समूहलाइ रु ८ हजार र प्रमाण पत्र, तृतिय हुने शिशुवा दिदी वहीनी आमा समूहलाइ रु ४ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
दिदी बहीनी आमा समूह सहिद चोकलाइ उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्यमा विना तिवारीको समूहलाइ पुरस्कृत गरिएको थियो । यस अघि प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान वहादुर जिसीले समय सन्दर्भ विषय जैवि विविधता र वातावरण संरक्षण विषयमा नेपालीको रिती रिवाज र संस्कृतिको जगेर्ना गर्ने उद्धेशयेले तीज गीत प्रतियोगिता आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
यसै गरी पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष बलराम ढकाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा जुना आल्मुनियम पोखरा ८ सिमलचौर मूख्य प्रायोजकका रुपमा रहेको थियो भने प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार र प्रमाण पत्र, द्धितिय पुरस्कार ८ हजार र प्रमाण पत्र , तृतिय पुरस्कार ४ हजार र प्रमाण पत्र र सान्त्वना पुरस्कार २ हजार र प्रमाण पत्र रहेको थियो । नेशनल एफ एम ८८.२ मेगाहर्जका कार्यसमितिका अध्यक्ष सूर्य नारायण बरालले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक सन्दिप पौडेल कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close