खेलकुुदसमाचार

निमा र विमललाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड

Spread the love

फागुन ६ , काठमाडौं । एनएनआईपीए सर्वोकृष्ट खेलाडीको अवार्ड तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ निमा र पुरुषतर्फ विमल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २८ खेलाडीमध्येबाट निमा र विमल सर्वोत्कृष्ट भएका हुन् । सर्वोकृष्ट चुनिएसँगै निमा र विमलले एक–एक लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै फुटबलका भरत खवास उत्कृष्ट पुरुष खेलाडी घोषित भए । महिलातर्फ भलिबलकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन् । त्यस्तै उदयमान खेलाडीमा पुरुषमा एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले अवार्ड जितिन् । दुवैले ५०-५० हजार रुपैयाँ पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजरा आदर्श खेलाडी’को अवार्डबाट बक्सिङका प्रशिक्षक मदन गरुङले पाए । उनी ३५ हजार रुपैयाँसहित सम्मानित भए । एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । खेल पत्रकार प्रज्वल वलीले स्पेसल अवार्ड पाए ।

Related Articles

Close