समाचार

सरकार निरंकुश बन्दै गएको ः कांग्रेस नेता गगन थापा

Spread the love

पोखरा, ६मंसीर ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्रि गगन थापाले केपी ओली सरकारले कानुन सम्सोधन गरेर निरंकुश बन्दै अघि बढेको आरोप लगाए । शुक्रबार पोखरामा नेपाल तरुण दल कास्कीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले सरकारले वाक स्वातन्त्रता हरण गर्ने गरी कानून संसदबाट पास गर्न लागेको बताए ।फरक मत राख्न नपाउने गरी कानुन सरकारले ल्यान लागेको भन्दै राष्ट्रपति, प्रधानमन्त्रीको विरोधमा सामाजि सञ्जालमा लेखेकै भरमा प्रहरीले समाउने र जेल हाल्ने कानुन सरकारले ल्याउन लागेकोमा आपत्ति जनाए। सरकारलाई सही वाटोमा ल्याउन र प्रधानमन्त्रीलाई सही सन्देश दिनका लागि पनि नेपाली कांग्रेसले जित्नुपर्ने नेता थापाले जिकिर गरे ।
यसै गरी नेपाल कांग्रेस संसदिय दलका नेता वालकृष्ण खाँडले नेपाली कांग्रेस कम्जोर हुँदा सिंगो देश कम्जोर भएको भन्दै नेपाली जनताको अधिकार र संविधानको संरक्षणको लागि पनि नेपाली कांग्रेस कास्की क्षेत्र नं.२ का सादगी निष्ठावावन उमेदवार खेमराज पौडेललाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे । भारतले नेपाली भुमि अतिक्रमण गर्दा नेपाली कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्दा पनि प्रधानमन्धत्रीले सिमा सम्बान्धि समस्या समाधान गर्न कुटनितिक पहल नगरेको तिखो आलोचना गरे । यसै गरी नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस केन्द्रिय सदस्य सिता गुरुङ, रामहरी खतीवडा, उमेदवार खेमराज पौडेल लगाएतले अहिलेको केपी ओलीको सरकारले देशमा हत्या , आतंक, हिंसा मचाउँदै संविधान मिच्ने काम गरेको आरोप लगाउँदै संविधानको संरक्षण गर्न र जनतालाई शान्ति सुरक्षको प्रत्याभुती दिनको लागि पनि नेपाली कांग्रेसलाई भोट दिन आग्र गरे ।

Related Articles

Close