समाचार

निर्वाचित र समानुपातिक सांसदबीच अन्तरविरोध नहुने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको उपयुक्त तय गरिने ः प्रधानमन्त्री ओलीको

Spread the love

काठमाण्डौ, जेठ ५ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सांसद्लाई दिइँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी परिवर्तन गरिने बताएका छन् । नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचित र समानुपातिक सांसदबीच अन्तरविरोध नहुने गरी उपयुक्त मोडालिटी बनाएर लैजाने बताए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन नहुने संकेत पनि गरेका छन्। । यसअघि सांसद् विकास कोषको रुपमा रकम दिइने गरे पनि अब त्यसलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। यसअघि २ सय ४० निर्वाचन क्षेत्र रहेकोमा अहिले १ सय ६५ मा झारिएको छ।

Related Articles

Back to top button