समाचार

निर्मलाको न्यायका लागि डिएनए परीक्षण

Spread the love

काठमाडौं, कात्तिक १७

कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँबानेश्वरमा युवाको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ। निर्मलाको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए परीक्षण कार्यक्रममा सहभागी भएका छन्।

हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामूहिक डिएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरूले सरकारलाई दवाब दिन यस्तो कार्यक्रम गरेका हुन्। स्वतन्त्र रूपमा न्यायको पक्षमा उभिएका सर्वसाधरणले सनिबार दिउँसो नयाबानेश्वरमा डिएनए परीक्षणका लागि भन्दै रगत दिएको कार्यक्रमका अभियान्ता सीता बरालले बताइन्। निर्मलाका लागि न्याय अभियानले नयाँबानेश्वरमा शनिवार संकलित तीन दर्जन बढी रगत नमूनालाई गृहमन्त्रीलाई बुझाउने अर्की अभियान्ता लुना भण्डारीले बताइन्। कञ्चनपुरकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो। हत्या भएको तीन महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन।

Related Articles

Close