अर्थ खबरसमाचार

निर्माण ब्यबसायी संघ कास्कीको पदस्थापन

Spread the love

निर्माण ब्यबसायी संघ कास्कीको पदस्थापन
लेखनाथ, भदौ २५ ।
नेपाल निर्माण ब्यबसायी संघ कास्कीको १४ औ अधिबेशनबाट नबनिर्बाचित समितिकोको सोमबार पदस्थापन गरिएको छ । समितिका अध्यक्ष सुरेश श्रेष्ठलाइ निर्बाचन अधिकृत हरि सुबेदी र नब निर्बाचित अध्यक्ष सुरेश श्रेष्ठले पदाधिकारी एबम सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक अभ्यासमा जसले जिते पनि आफु सम्पूर्ण ब्यबसायीहरुको हक हितलाइ ख्याल गर्दै संघको गरिमा उच्च बनाउने प्रतिबद्दता ब्यक्त गरे । अध्यक्षका प्रत्तिश्पर्धि आनन्द बरालले संघको नयाँ टिमलाइ सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए । कार्यक्रममा निर्माण ब्यबसायी महासंघ गण्डकीका अध्यक्ष ओम गौचन , संघका निबर्तमान अध्यक्षा बासुदेब गौचन , पूर्व अध्यक्ष राजेन्द्र पाहारी ,पूर्व अध्यक्ष मुक्ति तिमिल्सिना ,निर्बाचन अधिकृत हरि सुबेदी लगायतले नबनिर्बाचित कार्यसिमितिलाइ शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन अध्यक्ष मण्डलका सदस्य चिरन्जिबी पोखरेलले गरेका थिए । संघको उक्त अधिबेशनले आगामी दुइ बर्षे कार्यकालको लागि सुरेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको थियो ।

Related Articles

Close