समाचार

निष्ठाको राजनिति गर्ने ब्यक्ति उमेरले बुढो हुँदैनः कांग्रेस नेता चालिसे

Spread the love

पोखरा, २ मंसिर । नेपाली काँग्रेसका महासमिति सदस्य देबराज चालिसेले जनताको लागि सर्म्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन । नेपाली काँग्रेस पोखरा( ३३ ले भरतपोखरीमा आयोजना गरेको चुनाबी शभालाई सम्बोधन गर्दे चालिसेले भने, नेपाली काँग्रेसले ६० बर्ष देखि निरन्तर नेपाली जनताको सेवामा सर्म्पित मान्छेलाई उम्मेदबारको रुपमा पठाएको छ ,जीताउने जिम्मा तपाईहरुको हो । काँग्रेसका उम्मेदबार खेमराज पौडेललाई बुढो भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दे चालिसेले भने ,देशका लागि निरन्तर निष्ठाको राजनिति गर्ने ब्यक्ति आर्दशले बुढो हुन्छ उमेरले होइन ।
पञ्चायत र सशस्त्र युद्धका क्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदबारको रुपमा पाउनु पोखरेली जनताको लागि गौरबको कुरा भएको चालिसेले बताए ।पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने पनि चालिसेले सम्पुर्ण मतदाताहरुलाई आग्रह गरे । ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । यहि मंसिर १४ गते हुने कास्की २ को उपनिर्बाचनका लागि नेपाली काँग्रेसले खेमराज पौडेललाई उम्मेदबार बनाएको छ ।

Related Articles

Close