समाचार

अब पालो एनजीओ र आईएनजीको 

Spread the love

काठमाडौँ, २४ जेठ
राष्ट्रिय गैरसरकारी संस्था ९एनजीओ० तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था९आईएनजीओ० को अनुगमन र नियमनमा कडाइ गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदधिकारीको बैठकले एनजीओ(आईएनजीओको निगरानी बढाउने निर्णय गरेको हो ।
बैठकले सरकारी निगरानी नहुँदा गैससमा विकृति बढ्दै गएको निश्कर्षसहित यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउनुपर्ने बैठकमा निर्णय भएको छ । बैठकले एनजिओ(आईएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइसाथ लागू गर्ने निर्णय गरेको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ(आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र त्यस अवधिमा दर्ता नभए स्वतस् खारेज गर्ने समेत निर्णय भएको छ । हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता छन् । तर धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नवीकरण गरेका छैनन् ।

Related Articles

Close