राजनितिसमाचारस्थानीय

नेपाल विद्यार्थी संघको चियापान कार्यक्रम सम्पन्न

Spread the love

लेखनाथ, २९ भदौ ।
नेपाल बिधार्थी संघ क्षेत्र नं १ ले चियापान कार्यक्रम सम्पन्न गरेको छ । महानगरपालिका वडा नं ३० को खोरखारमा चियापान क्रार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक दुरि कायम गरि गरिएको सो कार्यक्रममा वडा नं ३० का पार्टी संयोजक निरलाल तजियाले वडाका सम्पूर्ण काङ्ग्रेसका कार्यकर्ताले आम जनताको भावना बुझ्नुु पर्ने कुुरामा जोड दिंदै आउने दिन हरुमा सोहिअनुरुप गतिबिधी गर्नुपर्ने बताउनुभयो।
सोही कार्यक्रममा वडा नं ३० का सचिब धुर्ब न्यौपानेले वडामा रहेको सबै कृयासिल सदस्यहरु एक भएर अगाडी बढेमा काङ्ग्रेस पार्टी बलियो हुने बताउनु भयो । नेपाल प्रजातान्त्रिक महासंघ कास्कीका सभापति सुरेन्द्र अधिकारीले वडा देखि केन्द्र सम्मका नेताले जनताको भावनालाई सम्मान गरि नेपाली काङ्ग्रेस प्रतीको जुर्मुराएको बिस्वासलाई पुनस्थपना गर्नु पर्ने समय आएको बताउनुभयो ।
यसै गरी पोखारा बिश्वबिधालयका प्राध्यापक योगराज लामीछाने,बिपि चिन्तन प्रतिस्ठान कास्कीका अध्यक्ष रामप्रसाद तिमिल्सिना,नेपाल तरुण दल कास्कीका सदस्य बिनोद लामिछाने , तरुणदल वडा नं ३० का संयोजक डम्बर चापागाइ, गोगन माबीका शिक्षक एबम नेपाल शिक्षक संघका नेता रुम बहादुर खबाँसले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित युबाहरुले नेतृत्वलाइ सल्लाह सुझाब दिएका थिए । नेपाल बिधार्थी संघ क्षेत्र नं १ का अध्यक्ष एवम् कार्यक्रमका सभापति सर्बेन्द्र न्यौपानेले अब सबै एक भएर जानुको विकल्प नभएको भन्दै उपस्थित सबै नेताहरुलाई सचेत गराउनु भएको थियो भने सुशील कोइराला सोसियलिस्ट युथ सर्कल कास्कीका अध्यक्ष प्रभात न्यौपानेले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

Related Articles

Close