समाचार

ओली–दाहालको अन्तरपार्टी निर्देशन

Spread the love

जेठ १७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

तल्लो तहसम्म जारी गरिएको निर्देशनमा भनिएको छ– ऐतिहासिक पार्टी एकतासँगै राजनीतिक अस्थिरता र अनिश्चयको अन्त्य भएको छ । हाम्रोसामू संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, तीव्र आर्थिक विकास गर्दै जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चत गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएको छ । अब हामीले पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नुपर्छ । पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवम् व्यवस्थित गर्नुपर्छ । पार्टीमा कुनै पनि प्रकारणको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृत्तिहरु प्रकट हुन नपाउन् भनेर होसियार हुनुपर्छ ,”

Related Articles

Back to top button