समाचार

पोले ३० ऊँकारेश्वर शिवमन्दिरमा रमानाथ

Spread the love

लेखनाथ , ५ जेठ ।
विष्णुहरि पौडेल
पोखरा लेखनाथ ३० देउराली खोला जरुवामा नवनिर्मित ऊँकारेश्वर शिव मन्दिरमा रमानाथ पौडेलको नेतृत्वमा नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । शनिवार सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद वाग्ले, सचिवम लिलामणी त्रिपाठी, सह सचिवमा सुर्य प्रसाद वास्तोला, कोषाध्यक्ष सीता सुवेदी लाइ चयन गरीएको छ ।यस्तै सदस्यहरुमा महा प्रसाद सुवेदी,भोजराज तिवारी, गोपाल कंडेल ,बलराम अधिकारी, कृपा पौडेल र नारायणी सुवेदी रहेका छन । मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भुवानी प्रसाद वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पण्डित कृष्ण प्रसाद लामिछानेले स्वस्ती वाचन गरी शुरु गरिएको कार्यक्रममा आयव्यय सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा वक्ताहरुले धर्मले सामाजिक सद्भाव फैलाउनु पर्ने कुरामा जोड दिएका थिए ।

मन्दिरमा गत महाशिवरात्रिको अवसरमा व्रहमण समाज नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद अधिकारीको आथित्यतामा प्राण प्रतिष्ठा सम्पन्न भएको थियो भने चतुर्भुज शर्मा पौडेल, रामकृष्ण सापकोटा, पंण्डित कृष्ण लामिछाने लगाएतले पूजा अर्चना तथा प्राणप्रतिष्ठाको कार्य गरेका थिए । पाञ्चयन देवाताको मूर्तिलाई जलवास गराइ ,व्राह्माणहरुद्धारा स्वस्तीवाचन गरी मूर्तिस्थापना समेत सम्पन्न गरी हाल प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन केदार लामिछानेले गरेका थिए । नव निर्वाचित अध्यक्ष रमानाथ पौडेलले मन्दिर व्यवस्थापन तथा प्रगतिमा सबैको सहयोग को अपेक्षा गरेका छन ।

Related Articles

Back to top button