समाचारस्वास्थ्य

थप एकमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ३१, तीन जना उपचारपछि निको

Spread the love

काठमाडौं, बैशाख ६ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन फेरि अर्का एकजनालाई संक्रमण पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
संक्रमित ६५ वर्षीय पुरुष भए पनि मन्त्रालयले उनको ठेगाना र अरु विवरण खुलाएको छैन ।

शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एक जना निको भएर घर पठाइएका थिए । यसअघि एक जना निको भएर घर गैसकेको थिए ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको पनि जानकारी दिएको छ ।

नियमित कोरोना अपडेट लाइभमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उपत्यकामा पाँच र उपत्यका बाहिर १ सय १२ जना गरी १ सय १७ जना एकान्तवासमा रहेको पनि जनाएको छ ।

Related Articles

Check Also

Close
Close