विचारसमाजस्थानीय

अनलाईन कक्षालाई नियालेर हेर्दा

Spread the love

2020-8-20  गते अमेरिकामा हुनुभएको मामा संग फोनमा बोल्दै गर्दा
भान्जा: नमस्कार मामा, सञ्चै हुनुहुन्छ? के गर्न लाग्नु भएको?
मामा: नमस्कार भान्जा। पढ्दै छु बाबु।
भान्जा: कलेजमा हुनुहुन्छ हजुर अहिले?
मामा: होइन बाबु। घरमै बसेर कम्प्यूटर, ल्यापटपबाट नै पढ्न मिल्छनी। सरहरुले आफ्नो घरबाटै पढाउनु हुन्छ। हामी सबै विद्यार्थीहरु पनि कलेज नगई घरबाटै पढ्छौ। होमवर्क पनि कम्प्युटरमै लेखी पठाउने होनी यहाँ त।
भान्जा: ए! त्यस्तो पनि हुन्छ र? हामी पनि स्कूल नगई घरमै कम्प्यूटर बाटै पढ्ने कहिले होला खै मामा?
कक्षा यू. के. जी पढ्ने छोरा मामासंग फोनमा बोलिसकेपछि ममी हामी पनि स्कूल नगई घरबाटै कहिले पढ्न मिल्छ होला भन्ने त्यो प्रश्नको उत्तर म संग थिएन। अमेरिका जस्तो विकसित देशमा पो मिल्छ बाबु हाम्रो जस्तो विकासोन्मुख सानो मुलुकमा सबै व्यक्तिहरू सूचना प्रविधि (कम्प्यूटर, ई– मेल, इन्टरनेट) संग परिचित छैनन्। बिस्तारै देशले फडको मार्दै जाँदा यो संभव होला अहिले नै यस्तो अनलाईन कक्षा भन्ने हुँदैन। भोलि पर्सी तिमी नी ठूलो भएपछि अमेरिका गई पढ्ने ल।
त्यही साल २०१९/१२/३१मा चीनको हुआन प्रान्तबाट देखिएको कोरोना भाइरस कोविड–१९ चीन हुँदै विश्वका लगभग सबै मुलुकहरूमा महामारीको रूपमा फैलिदै गयो। लाखौं मानिसहरू संक्रमित भई हजारौं व्यक्तीहरुको ज्यान गयो। विश्वको अर्थतन्त्र नै धरापमा रह्यो। साथै यसले शिक्षा क्षेत्रलाई अस्तव्यस्त नै पर्यो। केही समय लकडाउन गरी स्वास्थ्य सतर्कता अपनाउदै बसेत पनि लाखौं बालबालिकाहरू संलग्न शिक्षा क्षेत्रको अस्तब्यस्ततालाई केही हद सम्म कम गर्न विकसित देशहरूमा अपनाउदै गरेको शैक्षिक पद्धति अनलाईन कक्षा लाई वैकल्पिक माध्यमको रुपमा अपनाउने विभिन्न शिक्षाविद्हरुको तर्कले ठूलो भूमिका खेल्यो।
नेपाल जस्तो विकासोन्मुख देश जसमा केही दशकदेखि सूचना प्रविधिले राम्रै फडको मारेता पनि प्रत्येक नेपाली नागरिक विशेष गरी सबै शिक्षक तथा विद्यार्थीहरु कम्प्युटर, ईन्टरनेट राम्रोसंग चलाउन जानेका पनि छैनन्। चलाउनु त के कुरा कतिले देखेका र छुनसम्म नपाएको अवस्था छ। देशका मुख्य शहरहरूका प्रख्यात बोर्डिङ स्कूल,विश्व विद्यालय हरुले केहि समय विद्यार्थीहरुलाई विभिन्न application हरु चलाउन तालिम दिइ कक्षा सुरु गरेको देखि अन्य प्रख्यात सामुदायिक विद्यालयहरुले पनि कोरोनाको संक्रमण दर घट्ने लक्षण नदेखिएपछि विद्यार्थीहरुको इन्टरनेट पहुँचको तथ्याङ्क सङ्कलन गरी अनलाईन कक्षा वैकल्पिक माध्यमको उपयुक्त माध्यमको रूपमा मानी अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्।
अनलाईन कक्षाले अधिकांस शिक्षकहरुलाई सूचना प्रविधि कम्प्युटर, ई– मेल,इन्टरनेटसंग परिचित हुन सिकायो। जसले गर्दा शिक्षकहरुमा थप सीप हरुको विकास हुनेनै भयो। शिक्षकहरु Google meet,Google classroom,zoom app,teams application  आदि लगायतका बउउष्अिबतष्यल सँग परिचित हुने अवसर पाए। लकडाउनको समयमा विभिन्न संघ, संस्था र संगठनहरूबाट सर्वप्रथम शिक्षक प्रविधिमैत्री हुनुपर्छ भनी विभिन्न प्रोग्रामहरु microsoft word,excel, PowerPoint,Photoshop आदि लगायतका प्रोग्रमहरु को तालिम, प्रशिक्षण गर्ने उललेखनीय कार्य कार्य भएको मानिन्छ।
कतिपय शिक्षकहरुलाई साथै अभिभावकहरुलाई आफ्नो दैनिक जीवनयापन चलाउँदै ठिक्क छ, अझ भनौं धौ धौ छ झन् अनलाईन क्लास चलाउन घरमा इन्टरनेट जडान,आफू तथा आफ्नो बालबालिकाहरूलाई मोबाइल तथा ल्यापटपको उपलब्धता गराउनु ठूलो चुनौतीको विषय नै बन्यो ।

प्रतिमा अधिकारी शिक्षक, श्री त्रिभुवन शान्ति नमूना मा.वि मा अध्यापनरत शिक्षक हुन।

कक्षा सञ्चालन गर्दा विभिन्न सिपहरुको आवश्यकता पर्ने हुँदा उक्त सीप सिक्नको लागि दिनरात गर्नु पर्ने तयारीले झन् ठूलो मानसिक चिन्ताको विषय नै नबनेको होइन।विभिन्न चुनौती को सामना गर्दै कक्षा सञ्चालन गर्दा कहिले विद्युत अवरोधको कारणले नियमित कक्षा सञ्चालन गर्न नसक्नु, नेटवर्क तथा इन्टरनेट को गतिको कारण आवाज तथा भिडियो प्रष्ट नसुनिनु,जस्ता समस्याहरू झेल्नुपर्ने अवस्था रहृयो। कक्षामा ६० देखि ७०% मात्र बिद्यार्थीहरु उपस्थित हुनु, उपस्थित मध्ये पनि इन्टरनेट स्लो छ भन्दै भिडियो तथा अडियो अफ गरी कता व्यस्त हुने हुन भन्ने थाहा नहुनु, कक्षामा उपस्थित हुने तर Facebook, messenger,game खेली व्यस्त भइदिने,प्रश्न सोध्दा क्लास बाट बाहिरिने, सिकाइ प्रति त्यति चासो नदेखाउने,जस्ता समस्याहरू पनि शिक्षकहरुले झेल्नु नै पर्यो। इन्टरनेटको माध्यम बाट विभिन्न विषयवस्तुहरू खोजी देखाउन सकिने भएकाले विद्यार्थीहरुलाई बुझ्न र बुझाउन सजिलै सकिने हुँदा केही विद्यार्थीहरूले राम्रै सिकाइ गरेको भएता पनि आधा जस्तो विद्यार्थीहरूले भौतिक कक्षामा जस्तो राम्रो संग बुझिएन भन्ने गुनासाहरु पनि सुन्नमा आए।
कोरोना को संक्रमण दर अझै केही समय विकराल रूपमै देखिएला जस्तो छ।यी सबै समस्याहरू समाधान गर्न सरकारले चौबिसै घण्टा लोडसडिङ मुक्त बनाउनु पर्ने, विद्युत जडान नभएको ठाउँमा सोलार जडान गर्नु पर्ने,प्रत्येक शिक्षक तथा विद्यार्थी हरलाई नि:शुल्क ल्यापटप वा कम्प्युटर वा इन्टरनेट चल्ने मोबाइल को उपलब्धता गराउनुपर्ने, प्रत्येक क्षेत्रमा नि:शुल्क इन्टरनेट,शिक्षकहरुलाई प्रविधि मैत्री बनाउन समय समयमा तालिम, प्रशिक्षण दिनु अति आवस्यक छ। अन्येथा अनलाईन कक्षा ले केही शिक्षक तथा अविभावकहरुले गरे अनुसारको मेहेनतको प्रतिफल पाउने छैनन्। साथै सरकारले निजी तथा प्राइभेट विद्यालयका शिक्षकहरुले मेहेनत गरी अनलाईन कक्षा पढाए बापत दिइने समयानुकूल पारिश्रमिकको सुनिश्चितता हुनु जरुरी छ। यी सबै कार्य गर्नको लागि सरकार संग आर्थिक श्रोत भन्दा पनि काम गर्ने इच्छाशक्ति र प्राथमिकीकरण को आवश्यकता पर्दछ।
शिक्षा नै देश विकासको आधार र बालबालिका नै भबिस्यका कर्णधार भएको हुँदा यो कोभिड ले शिक्षामा निम्त्याएको अस्तब्यस्ततामा सम्बन्धित निकायहरु को ध्यान जानु अति आवस्यक भएको हुँदा ढिलो नगरी उपयुक्त रणनीति तयार गरी नयाँ शैक्षिक शत्रमा शिक्षक,बालबालिका र अविभावकहरुलाई कुनै मारमा नपरी शैक्षिक शत्र सुरुवात गरिनु अति आवस्यक छ।
अन्तमा त्यो सानो अबोध बालक ले सोधेको प्रश्नको उत्तर व्यवहारिक रुपमा उसले नै प्रयोग गर्न पाउँदा हर्षोल्लास साथ अनलाईन कक्षा कक्षामा सहभागी भएको र राम्रै प्रतिफल भएको कुरा मामालाई सुनाउँदा मनमा गौरवान्वित महसुस गरेको छु।

लेखक – प्रतिमा अधिकारी श्री त्रिभुवन शान्ति नमूना मा.वि मा अध्यापनरत शिक्षक हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close