समाचार

लकडाउनका बेला दूरशिक्षा ब्यूँताउने सरकारको तयारी

Spread the love

२७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिने संकेत देखिएपछि सरकारले दूरशिक्षा ब्यूँताउने तयारी गरेको छ ।

अनलाइन, टेलिभिजन र रेडियो आदिमार्फत् पढाउने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

संकटका बेला पनि सिक्न पाउने अधिकार सुनिश्चित गर्ने गरी पढाउने तयारीमा लागेका हौँ’ मन्त्री पोखरेल भन्छन्, ‘यसका लागि परम्परागत तरिकाले पढाएर पुग्दैन ।’

तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउन मन्त्रालयले नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा १३ सदस्यीय ‘एजुकेसन पेडागोगी एण्ड अल्टरनेटीभ्स’ उपसमिति गठन गरेको छ ।

विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सीटीईभीटी लगायतको प्रतिनिधित्व रहेको यो उपसमितिले अहिले अवधारणा पत्र बनाएर काम गरिरहेको छ । उपसमितिका संयोजक शर्मा दूरशिक्षाका प्रभावकारी विधि, मानव संशाधन, प्रविधि तथा अन्य साधन स्रोतको व्यवस्थापन जस्ता विषयमा छलफल चलिरहेको बताउँछन् ।

Related Articles

Back to top button