समाचारसमाजस्थानीय

शिशुवा अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक प्रसुती सेवा

Spread the love

भदौ १८, पोखरा  पोखरा महानगरपालिका वडा नं ३० मा रहेको शिशुवा अस्पतालमा शल्यक्रियाबाट अस्पतालमा पहिलो पटक शल्यक्रिया प्रकृयाबाट प्रसुती सेवा (LSCS) कार्य सफलता पुर्वक सम्पन्न भएको छ |

अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाका अनुसार बारा नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराईएको हो ।

प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले महिलाको सफल शल्यक्रिया गरेको हो ।

अस्पतालले यसअघि सामान्य सुत्केरी सेवा मात्रै उपलब्ध गराउँदै आएकोमा अवदेखी शल्यक्रिया मार्फत पनि प्रसुती सेवा शुरु भएको हो ।

मेसु कोइरालाका अनुसार तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले निरन्तर अस्पतालको पूर्वाधार विकासमा पुर्याउँदै आएको सहयोग कै कारण सफलता मिलेको हो ।

‘तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको हो’,उनले भनिन्,’पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङबाट थप सहयोग र हौसला मिलेको छ ।’

कोइरालाले लेखनाथ क्षेत्रकालाई शल्यक्रिया मार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको बताइन् ।

पूर्वस्वास्थ्य मन्त्री तथा सांसद समेत रहेका अधिकारीले अस्पतालमा आवश्यक पूर्वाधार निर्माण र विकासमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेका छन् । उनले अस्पताललाई बुधवार स्वास्थ्य सामाग्री समेत प्रदान गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button