समाचार

प्याब्सन कास्कीले विविध कार्यक्रम गरी मनायो ३० औं स्थापना दिवस

Spread the love

लेखनाथ, २४पुष ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विविध कार्यक्रम गरी आफ्नो ३० औं स्थापना दिवस मनाएको छ । उक्त अवसर पारेर कास्की प्याव्सनले सहयोग र सम्मानका कार्यक्रम गरेको छ ।
प्याव्सनको स्थापना दिसवको अवसर पारेर विहिवार पोखरा –३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्ध बृदाहरुका लागि आवस्यक कपडा धुने मेशिन,फलफुल तथा खाद्यन्न सामाग्री सहयोग गरेको हो भने एक आर्को फरक कार्यक्रम मार्फत प्याब्सन सदस्य रहेका विद्यालयमा २० वर्ष देखि सेवारत शिक्षक एवंम कर्मचारीलाई सम्मान र शिक्षा तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
सहयोग हस्तान्त्रण समारोहमा बोल्दै प्याब्सनका केन्द्रिय उपाध्यक्ष बिर वहादुर बुढाथोकीले निजी क्षेत्रबाट सरकारको निती र नियममा रहेर शिक्षा प्रदान गरिरहेको सस्थाले सामाजीक उक्तरदाईत्व अन्तरग जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउदाँ खुसि ब्यक्त गर्दै उमेर घर्कीए पछि मानसिक दवावमा नभई आनन्दीत मनले जिवन यापन गर्न पाउनु पर्ने जेष्ठ नागरिकको अधिकार भएको धारणा राखेका थिए ।
प्याव्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र सचिव सोभामोहन पौडेलले आश्रमको बस्तुस्थीति र भावी योजनाका बारेमा जानकारी गराएको कार्यक्रको संचालन प्याव्सन कास्कीका सह सचिव बेद प्रसाद बस्ताकोटीले गरेका थिए ।
जेष्ठ नागरिकहरुको सेवाका लागि संचालीत आश्रममा हाल ५१ जना बृद्ध बृदा र २१ जना सस्कृत गुरुकुलमा अध्यनरत बटुकहरु रहेका छन् ।

Related Articles

Close