समाचार

पहेंलो आकाशे पानी प्रयोग नगर्न मौसमविद्को सुझाव

Spread the love

काठमाण्डौ, ३ असार ।
भारतको राजस्थान मरुभूमिबाट नेपाल प्रवेश गरेको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले नेपालमा गएराति ‘हिलो’ सहितको पानी परेको छ ।
राति परेको पानी हिलोसहितको परेपछि जल तथा मौसम विज्ञान विभागले भारतको राजस्थान मरुभूमिबाट नेपाल आएको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले पहेंलो रंगको हिलो मिसिएको पानी परेको जनाएको छ । “राजस्थान आसपासको मरुभूमिमा केहि दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायूमण्डलमा बिस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातिबाट परेको वर्षामा धेरै स्थानहरुमा पहेँलो रंगको हिलो मिसिएको पानी परेको छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आह्वान गरेको छ ।भारतको राजस्थानबाट धुँलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरी पूर्वीय हावासँग मिश्रण हुँदा भएको वर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो । मौसमविद् मीनकुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न सुझाव दिए ।उनले पहेँलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औंल्याए ।

Related Articles

Back to top button