गण्डकी प्रदेशसमाचारसमाजस्थानीय

पोखरा ३१ लमास्वाँरामा पहिरोले बाटो अबरुद्ध

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २६असार ।
अविरल बर्षाका कारण पोखरा महानगरपालिका वडा नं.३१ लामास्वाँरामा पहिरो गएको छ । स्याङखुदी जाने बाटो लामास्वाँराको ४ स्थानमा सालका रुखहरु ढली पहिरो जाँदा बाटो अवरुद्ध भएको छ भने आवत जावतमा समस्या भएको स्थानियहरुले बताएका छन् ।

यसै गरी पोखरा ३१ तालबेसीमा हरी बहादुर थापाको धन्सार गएराती गएको पहिरोले पुरिंदा भैसी मरेको नेकपा ३१ वडा सचिव कृष्ण तिमिल्सिनाले बताए ।
यसै गरी पोखरा ३० मिलनचोकमा घरहरु तथा बाटोमा बाढी आउँदा जनजीवन कठिन भएको बताएको छ ।
यसै विच पोखरा ३१ बेगनासताल मत्स्य व्यवसायि अन्तर्गत जलारी समूहले बेगनासतालमा आएको जलकुम्भी हटाएका छन् । तालमा पानीको वहाव बढेसँगै तालमा आएको जलकुम्भी फाली सफा गरेका हुन् ।

 

Related Articles

Back to top button