विश्वसमाचार

पाकिस्तानमा रेल र बस आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

Spread the love

फागुन १७,  पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३० पुगेको शुक्रबार राति एक सरकारी अधिकारीले जानकारी दिएका छन्।

घाइते १५ को उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए। यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेमा महिला र बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन्।

प्रहरी निरीक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिन्डी जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो।

Related Articles

Check Also

Close
Close