विश्वसमाचार

पपुवा न्यु गिनीमा ६ दशमलव २ म्याग्‍निच्युडको भूकम्प

Spread the love

माघ २६,

पपुवा न्यु गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेअनुसार आइतबार पपुवा न्यु गिनीमा ६ दशमलव २ म्याग्‍निच्‍युडको भूकम्प गएको हो ।

भूकम्पको जोखिममा रहेको पपुवा न्यु गिनीको कोकोपोबाट १२२ किलोमिटर दक्षिणमा केन्द्र बनाएको भूकम्प ३१ किलोमिटरको गहिराइमा गएको थियो ।

अहिलेसम्म उक्त भूकम्पबाट क्षति भएको विवरण आएको छैन । स्थानीय अधिकारीका अनुसार अहिलेसम्म कुनै सुनामीको त्रास छैन ।

Related Articles

Close