समाचार

पोखरामा बुधबारदेखि प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय

Spread the love

पोखरा, २१ फागुन ।
पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उड्न नदिने निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । आर्थिक बर्ष २०७२र०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२र०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५र०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । यो बर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाईडिङमा कर लिने भएकोले केही घटाईएको उपाध्याय बताउँछन् । महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ ।

Related Articles

Close