मनोरञ्जनसमाचार

पशुपति आश्रममा महायज्ञ जारी, पाँचौ दिनसम्म ३२ लाख वढि संकलन

Spread the love

लेखनाथ ७ फागुन
पशुपति परोपकार शान्ति आश्रमको सर्वाङ्गीण विकास गर्ने उद्धेश्यले शनिवार देखी पोखरा–२९ को पट्नेरी पुलचोकमा आयोजित श्रीमद्भागवत धनधान्याचलमा पाँचौ दिन बुधबार भक्तजन एवं दानदाताहरुको घुईँचो लागेको छ ।

महायज्ञमा कथा श्रवण गर्न एवं मन्दिरको विकासका लागि दान गर्न साविक लेखनाथ क्षेत्र एवं भरतपोखरी, बाघमारा लगायतका स्थानबाट आएका भक्तजनहरुको घुईँचो लागेको हो ।

महायज्ञमा विभिन्न दानदाता र एवं आमा समुहहरुले गरेको दानबाट बुधबार मात्रै ८ लाख २४ हजार रुपैंया भन्दा वढि संकलन भएको र हालसम्म ३० लाख भन्दा बढि दान संकलन भएको महायज्ञका प्रचार प्रसार संयोजक मोति गिरीले जानकारी दिए ।

पाँचौ दिन पोखरा–२९ पट्नेरी निवासी होम बहादुर सु्नारले नगद १ लाख ५१ हजार १ सय ११, पोखरा–२९ पट्नेरी निवासी बेल बहादुर विश्वकर्माले नगद ५५ हजार ५ सय ५५, पोखरा–२९ भण्डारढीक निवासी हरिमाया आचार्यले ५५ हजार छ सय ५५, पोखरा–२९ पावर हाउसकी हुम कुमारी रिमालले ५५ हजार ५ सय ५५ दान गरेका छन ।

आयोजित महायज्ञबाट झण्डै एक करोड रुपैया संकलन हुने लक्ष्य रहेको र भक्तजनबाट संकलित रकममा स्थानीय सरकारको सहयोग प्राप्त हुने गरी धार्मिक संरचना निर्माण गरिने प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले वताए ।

२०४४ साल देखी पशुपतिनाथ शान्ति आश्रमका नाउँबाट धार्मिक क्रियाकलाप हुँदै आईरहेको उक्त स्थानमा २०७४ साल देखी राष्ट्रिय परोपकार महासंघ नेपालले समेत सहकार्य गर्दै आएको छ ।

महायज्ञस्थलमै शिवरात्री विशेष पुजाआजा सहित सामुहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रम समेत रहेको छ । महायज्ञ अवधिभर कथा श्रवण तथा दैनिक आरतीमा सहभागी भैदिन समेत आयोजकले भक्तजनहरुलाई आग्रह गरेका छन् ।

आश्रम परिसरमा कलात्मक मन्दिर, सभाहल र गौशाला सहितको अत्यावश्यकीय भौतीक संरचना निर्माणको सहयोगार्थ सञ्चालीत महायज्ञ १० गते सम्म संचालन हुनेछ ।

Related Articles

Close