समाचारसमाजस्थानीयस्वास्थ्य

पोखरा ३१ पिप्लेमा पि.सि.आर नमुना सकंलन एवम् एन्टीजेन परिक्षण सम्पन्न

Spread the love

लेखनाथ, साउन ९ । लायन्स क्लब अफ वेगनास तालनगरी र पोखरा आदर्श चौतारीको संयुक्त आयोजना पि.सि.आर नमुना सकंलन , एन्टीजेन परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । पब्लिक हेल्थ ल्याबरोटरी गण्डकी प्रदेशको प्राबिधिक सहयोगमा पोखरा ३१ पिप्लेमा सो कार्यक्रम सनिबार सम्पन्न भएको हो ।
अन्तराष्ट्रिय लायन्स क्लब डिष्टिक ३२५ वि १ डिपार्टमेन्ट को चिफ वासुदेव कोईरालाले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उद्धेश्य अनुुसार लायन्स क्लबले मानविय सेवाका कार्य गरेको चर्चा गर्नु भयो । यसै गरी रिजन १ का रिजन चियरपर्सन सागर लामिछाने, पोखरा महानगर –२७ का जन स्वास्थ्य निर्देशक जिवा शर्मा, समाजसेवी कृष्ण तिमिल्सिना लगाएतले लायन्स क्लबले समाज सेवामा गरेका सामाजिक एवम् मानविय सेवाका कामको चर्चा गर्नु भएको थियो । आदर्श चौतारीका अध्यक्ष बसन्त राज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लयान्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष प्रभा भुजेलले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
कोभिड १९ को संक्रमित क्षेत्रमा गएर पि सि आर , एन्टिजेन परिक्षण तथा सचेतना कार्यक्रममा ५० जना स्थानीयहरुको पि सि आर नमुना संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ भने ३० जनाको एन्टिजेन परिक्षण सहित ८० जनाको परिक्षण गरिएको कार्यक्रम संयोजक त्रिलोचन लामिछानेले बताए ।
सचेतना कार्यक्रममा प्रशिक्षक जनस्वास्थ्य निरीक्षक जिवा शर्माले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम संचालन आदर्श चौतारीका सचिव सुर्य प्रसाद पोख्रेलले गर्नुभएको थियो भने लायन्स क्लब अफ वेगनास तालनगरीका द्धितिय उपाध्यक्ष त्रिलोचन लामाछानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Related Articles

Back to top button