समाचारसमाजस्थानीय

पोखरा ३१ पिप्लेमा पहिरोले घरमा क्षति

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २ असार । तिन दिन देखिको निरन्तर अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं.३१ पिप्लेमा एउटा घरमा पहिरोले क्षति पुर्‍याएको छ । पोखरा ३१ पिप्ले निवासी शान्ति जलारीको घर पछाडिबाट पहिरो आएर घरमा क्षति पुर्‍याएको हो ।
दुइ कोठे कच्चि घरमा मंगलबार साँझ ५ बजे आएको पहिरोले किचनका सामानहरु पुरी क्षति पुर्‍याएको रजिना जलारीले जानकारी दिएकी छन् । पहिरोमा कुने मानविय क्षेति भने नभएको जलारीले बताइन् । अहिले शान्ति जलारीको परिवार आफ्नो आमाको घरमा बसेका छन् । विगतमा आकाशको चट्टङबाट जलारीको श्रीमानको मृत्यु भएको थियो । माछा बेचर दैनिक जीवन यापन गरेर बसेका जलारीको परिवार विचल्लीमा परेको छ । यस विपतमा सम्बन्धित निकाय, संघ संस्था तथा व्यक्ति विशेषलाई सहयोग गरिदिन पनि जलारीले आग्रह समेत गरेकी छन् ।
यसअघि मंगलबार परेको भारी वर्षाका कारण देशका धेरै स्थानमा बाढी तथा पहिरो गएको छ । बाढी र पहिरोले घर तथा बस्ती क्षति पुर्याउँदा सयौंको बिचल्ली भएको छ ।
आज पनि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Related Articles

Check Also
Close
Back to top button