समाचारसमाजस्थानीय

पोखरा २८ वडा शिक्षा समितिको बैठक सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, साउन ७ । पोखरा महानगरपालिका वडा नं.२८ को वडा शिक्षा समितिको बैठक विहिबार सम्पन्न भएको छ । वडा अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा सम्पन्न भएको बैठकले अकस्मात बिरामी भइ काठमाण्डौमा उपचार गराइरहनुभएका पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
वडा नं. २८ मा रहेका सामुदायिक विद्यालय र निजी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र वडा शिक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको बैठकले कोभिड १९ को दोस्रो लहरका कारण बन्द रहेका विद्यालयमा के कसरी पठपाठन प्रकृयलाई अगाढि बढाउन सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको र शिक्षक र कर्मचारीहरुले कोभिड विरुद्धको खोप लगाए पछि पोखरा शिक्षा महाशाखा, कास्की जिल्ला प्रशासन सँग समन्वय गरी पठनपाठनका विषयमा थप छलफल गर्ने निर्णय भएको बताइएको छ ।
साथै कोभिड १९ का कारण रोकिएको कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनका लागि स्वास्थ्य चौकीसँग परामर्श गरी परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्थापन गर्ने निर्णय समेत भएको थियो भने प्रधानाध्यापकहरुले पठनपाठाका विषय लगाएत शिक्षासँग सम्बन्धित विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको वडा अध्यक्ष निर्मल दियालीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button